काठमाण्डौं : सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष सुरक्षा प्रदान गरिएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको हो ।
फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी टेबल गरेका थिए ।
एमसीसीको विपक्षीहरुले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया