२०८२ असार ४ बुधबार

राशिफल

एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

काठमाण्डौं : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा इनरुवा ५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २०१००१ झ ००२८ नम्बर भएको एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१०२ ०४१ प २१५५ नम्वरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्य चौकीमा सहयोगी कर्मचारी रहेको जनाएको छ ।