काठमाण्डौ : नेकपा माओवादी र एकीकृत समाजवादीसँगको सहमतिमै सरकारले संसदमा एमसीसी टेबल गरे पनि दुवै दलले दोहोरो चरित्र प्रदर्शन गरेका छन् ।
आइतबार संसदमा एमसीसी टेबल भइरहँदा दुवै दलका एकथरी सांसदले उठेर विरोध गरे भने अर्काथरीले बसेर समर्थन गरे । दुवै दलका शीर्ष नेताहरूले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरे पनि उनीहरुका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका छन् ।
दुवै दलभित्र एमसीसीको विषयलाई लिएर चर्को विवाद उत्पन्न भएको छ । सत्ता गठबन्धन जोगाएर सरकारमा रहिरहनका लागि दुवै अध्यक्ष एमसीसीमा लचिलो बनेको भन्दै कार्यकर्ताहरुबाट चर्को आलोचना भइरहेको छ ।
शीर्ष नेतृत्वले एमसीसी संसदमा टेबल गर्न सहमति पनि जनाउने, अनि संसद् र सडकबाट विरोध पनि जनाउने दोहोरो चरित्र प्रदर्शन नगर्न दुवै दलमाथि दबाब बढेको छ । प्रमुख सत्तारूढ दल कांग्रेस सुरुदेखि नै एमसीसीको पक्षमा रहँदै आएको छ ।
एमालेले भने एमसीसीलाई राजनीतिक दाउपेचको विषय बनाएको छ । एमाले नेताहरूले एमसीसीको सन्दर्भमा सरकार र गठबन्धनको धारणा आएपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएका छन्।
तपाइँको प्रतिक्रीया