काठमाण्डौं : रोल्पाको लुङ्ग्री गाउँपालिका–४ जलुकेमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
दाङबाट इँटा लिएर लुङ्ग्री गाउँपालिका २ सिर्प जाँदै गरेको रा १ ख १७८७ नम्बरको टिपर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–२ सिर्पका ३७ वर्षीय अमृतबहादुर ओलीको ज्यान गएको बुझिएको छ ।
दुर्घटनामा परि चालक दाङ राप्ती गाउँपालिका–३ का ४३ वर्षीय दीपक केसी गम्भीर घाइते भएको जनाएको छ । केसीको टाउको र खुट्टामा चोट लागेको र अहिले लुम्बिनी सीटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए
दुर्घटनाग्रस्त टिपर राति करिब १० बजेतिर सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया