काठमाण्डौं : सुनसरीमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान अझै खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतकको पहिचान नखुलेको भन्दै स्केच सार्वजनिक गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान ४ स्थित धरान धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो।
त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरूषको टाउको र दाहिने खुट्टा फेला परेको थियो। जंगलमा घाँस काट्न गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले टाउको र खुट्टालाई प्रतिष्ठानको शव गृहमा लगेको थियो। त्यसकै भोलिपल्ट बाँकी अंग खोज्न प्रहरीको टोली खटिएको थियो।
सो टोलीले गत बिहीबार बिहान ५ गते उत्तर धरधरे भन्ने स्थानमा अर्को झोला फेला पार्यो। त्यस झोलामा बाँकी शरीर पनि फेला परेको थियो।
शरीरका पूर्ण भाग फेला परे पनि ती पुरूषको सनाखत हुन सकेको छैन। सनाखत नहुँदा प्रहरीलाई अनुसन्धान गर्न कठिन भइरहेको बताएको छ ।
तपाइँको प्रतिक्रीया