२०८२ असार २ सोमबार

राशिफल

दाङमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु

काठमाण्डौं : दाङको लमही तुलसीपुर सडकखण्डमा ट्रकको ठक्करबाट सोमबार विहान मोटरसाइकल चालकको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका ३ भानुचोक नजिकै लमहीतर्फ जाँदै गरेको प्रदेश नं १ ०२००१ ख ९४०४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

त्यस क्रममा चालक १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि मृतकका परिवारले लमही–घोराही सडकखण्ड अवरुद्ध गरेका छन् ।

बिहान ९ बजेदेखि मृतक र आफन्तले घोराही–३ कुइरेपानी नजिकै सडक अवरुद्ध गर्दा लमही–घोराही सडकखण्डमा गाडी रोकिएका छन् । मृतकका आफन्त ट्रक चालकलाई कारबाही गर्नुपर्ने र मृतकको परिवारलाई राहत व्यवस्था गर्नुपर्ने माग गरिरहेका छन् ।

ठक्कर दिने ट्रकचालक रिरेन्द्रकुमार पूर्वेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।