काठमाण्डौ : भारतीय टोली आईसीसी पुरुष टी २० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको पहिलो नम्बरमा उक्लिएको छ ।
वेस्ट इन्डिजसँगको तीन खेलको टी २० शृङ्खला क्लिन स्वीप गरेपछि भारतीय टिम शीर्ष स्थानमा पुगेको हो । हिजो आइतवार भएको खेलमा तेस्रो तथा अन्तिम टी २० खेलमा वेस्ट इन्डिजलाई १७ रनले हराएपछि भारत दुई सय ६९ रेटिङसहित शीर्ष स्थानमा पुगेको हो ।
यस्तै वरीयताको दोस्रो स्थानमा रहेको इङ्ग्ल्यान्डको पनि दुई सय ६९ नै रेटिङ छ, प्वाइन्टका आधारमा इङ्ग्ल्यान्ड दोस्रो नम्बरमा रहेको हो ।
यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तानको दुई सय ६६ रेटिङ छ भने न्युजिल्यान्ड दुई सय ५५ रेटिङसहित चौथो स्थानमा रहँदा पाँचौँ स्थानमा रहेको दक्षिण अफ्रिकाको दुई सय ५३ रेटिङ छ । नेपाल भने एक सय ८६ रेटिङसहित १३ औँ स्थानमै रहेका छन ।
तपाइँको प्रतिक्रीया