काठमाडौं : विपक्षी दल नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेका छन ।
१०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्नेछ ।
‘तत्काललाई ९ सदस्यीय विभाग गठन हुनेछ भने पछि ३५ सदस्यीय रहने निर्णय भएको पार्वत गुरुङले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया