काठमाण्डौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । सोमवार दिउँसो एक बजे बोलाइएको बैठक मंगलवार बस्नेगरी स्थगित भएको हो ।
शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ । तर सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच छलफल भइरहेको छ ।
पूर्वप्रधानमन्त्री खनालले सोमबार एमसीसी संसदमा पेश हुँदा विरोध जनाएका थिए । खनालले एमसीसी पेश गर्न दिनेबारे पार्टीमा कुनै निर्णय नभएको प्रतिक्रिया दिएका छन् तर अध्यक्ष नेपालको सहमतिमै सरकारले सोमबार एमसीसी संसदमा पेश गरेको हो ।
तपाइँको प्रतिक्रीया