२०८२ असार २ सोमबार

राशिफल

नक्कली रिपोर्ट बनाएको आरोपमा ल्याब इन्चार्जविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : कोरोना संक्रमण परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको, रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट नेगेटिभ बनाइदिएको पाइएको अख्तियारले जनाएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा यादवले चलाउने कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा कोरोना परीक्षणको सबै रिपोर्ट नक्कली पाइएको र उनले अस्पतालको छाप आफूखुशी बनाई दुरुपयोग गरेको पनि अख्तियारको दावी छ ।