२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कांग्रेस धनुषा सभापतिमा दिनेश प्रसैलाको उम्मेदवारी

काठमाण्डौं : नेपाली कांग्रेस धनुषाको सभापतिमा शेखर कोइराला समूहले दिनेश प्रसाद प्रसैलालाई आफ्नो उम्मेदवारको रुपमा अगाडी बढाएको छ ।

सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम सभापतिको लागि घोषणा गरेका हुन् ।

सभापतिको उम्मेदवार बनेका प्रसैलाले आफु सभापति जिल्लाको सबै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी बनाउने बताए ।

उनले चार वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन नकसे आफु पदबाट नै राजिनामा दिने समेत बताए ।