२०८२ असार ४ बुधबार

राशिफल

वर्षाका कारण धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिने अर्थ मन्त्रालयको तयारी

काठमाण्डौं : गएको असोज अन्तिम र कात्तिक पहिलो सातामा आएको वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन अर्थ मन्त्रालयले एक अर्ब रूपैयाँ छुटाएको छ ।

गृहमन्त्रालयले किसानको खातामा उपलब्ध गराउने गरी उक्त रकम निकासा भएको मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास सचिव गोविन्द शर्माले जानकारी दिएका हुन ।

केही दिन अघि निकासा भएको रकम स्थानीय तहबाट प्रमाणीकरण भएर आएका अधिक वर्षा प्रभावित जिल्लाका पीडित किसानलाई उपलब्ध गराउने उनको भनाइ छ ।

‘३१ जिल्लाका प्रमाणीकरण भएका किसानलाई राहत जान सुरु हुन्छ, पीडित किसानले राहत छिटो पाउन स्थानीय पालिका र वडाले छिटोभन्दा छिटो प्रमाणीकरण गरिदिनुपर्ने सचिव शर्माले बताए । अध्ययन प्रतिवेदनले किसानलाई ५ अर्ब ५२ करोड रुपैयाँ राहत दिनुपर्ने जनाएको छ ।