२०८२ असार ४ बुधबार

राशिफल

विद्यार्थीसँग डराएर हिँड्नुपर्ने बेला आयो : शिक्षाविद्

काठमाण्डौ : नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीबारे आज सोमवार विज्ञहरूसँग भएको छलफलमा शिक्षाविद्हरूले देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन् ।

छलफलमा प्राध्यापक विनोद जोशीले प्राध्यापकहरू विद्यार्थीसँग डराएर हिँड्नुपर्ने बेला आएको भन्दै नागरिक समाजको ध्यानाकर्षण गराए।

उनले त्रिवि आफैँमा समस्याको भण्डार भएकाले दीर्घकालीन रूपमा समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताए ।

प्राध्यापक जोशीले भने, ‘हामी त्यस्तो विश्वविद्यालयमा खडा छौँ, जहाँ प्राध्यापकहरू विद्यार्थीहरूबाट डराउनुपर्छ । नागरिक समाजले यो सन्दर्भमा सोच्नुपर्छ ।

त्रिवि आफैँमा समस्याको ठूलो भण्डार हो । जनकपुरको युथ क्याम्पसलाई एउटा प्राइभेट क्याम्पसलाई दिएको सम्बन्धन फिर्ता गरिनुपर्छ ।

कुनै एउटा क्याम्पसले सम्बन्धन पाउनुपर्ने वा नपाउने भन्ने विषय विद्यार्थीहरूको विषय हुन सक्छ वा सक्दैन’