काठमाण्डौं : आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले पावर प्ले ९६ ओभरमा उत्कृष्ट सुरुवात गरेको छ ।
६ ओभरको समाप्तीमा क्यानडाले ३९ रन जोडेको छ भने दुवै ओपनरसहित ४ विकेट गुमाएको छ ।
खेलको पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्नै नदिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा कमलले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकेश बमबाट क्याच आउट गराउन सफल भएका हुन ।
तपाइँको प्रतिक्रीया