काठमाण्डौं : प्युठानको मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत थापाले स्थानीय विद्यालयमा पठनपाठन सम्बन्धी सरोकारवाला निकायहरूबीच छलफल चलिरहेका बेला युवाहरुको समूहले आफूमाथि कालोमोसो दलेर अभद्र व्यवहार गरेको बताएका छन् ।
वडा नम्बर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा छलफल गरिरहेको समयमा केही युवा आएर कालोमोसो दलेर भागेको उनको भनाइ छ ।
तपाइँको प्रतिक्रीया