२०८२ असार ४ बुधबार

राशिफल

लमजुङमा भुकम्पको धक्का

काठमाण्डौं : लमजुङको बेसीसहर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

गएराति २ बजेर २२ मिनेट जाँदा बेसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रबिन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र त्यहाँ भूकम्प जाने क्रम चलिरहनेछ।

जिल्लामा यसअघि गएको माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रबिन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो।