२०८२ जेठ ३२ शनिवार

राशिफल

भ्यान दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाण्डौ : ललितपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

ललितपुर महानगरपालिका १५ एन्फा नजिकै बिहान पौने ४ बजे डेलिभरी भ्यान दुर्घटना हुँदा त्यसमा सवार महाङ्काल गाउँपालिका ३ गोटीखेलका ६६ वर्षका सन्तप्रसाद तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश नम्बर ३ –०१०२४ च ४१४७ नम्बरको भ्यान अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यानको चालकलाई पक्राउ गरिएको जनाएको छ ।