२०८२ जेठ ३१ शुक्रबार

राशिफल

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने

काठमाण्डौं : मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ ।

यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो ।