काठमाण्डौं : बजारबाट फिर्ता भएका कुकिज र पाउरोटीबाट पुनः कुकिज टोष्ट तथा बिस्कुट उत्पादन गरेको आरोपमा प्रहरीले ललितपुरको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ्ग’मा सिल गरेको छ ।
ललितपुरको सुनाकोठीमा सिन्धुपाल्चोक घर भएका ४४ वर्षीय नर बहादुर श्रेष्ठले संचालन गरेको कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोइरालाले बताए
ललितपुर महानगरपालिका–२७ मा अखाद्य विस्कुट उत्पादन गर्ने श्रेष्ठलाई माघ ६ मा अपराध महाशाखाले ६५ सय लिटर नक्कली मह सहित पक्राउ गरेको थियो ।
तपाइँको प्रतिक्रीया