काठमाण्डौं : आइतबार परेको असिनापानीले पोखरामा करोडौंको क्षती भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका अनुसार असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको हो ।
महाशाखाले पोखरा महानगरपालिकाका ९, ११, १३ र १८ वडामा सबैभन्दा धेरै क्षति भएको जनाएको छ । यस्तै, यी वडाबाहेक अन्य वडामा समेत क्षति भएको महाशाखाले जनाएको छ । ती वडामा लगाइएका तरकारी, नगदे वाली, फलफूल र तोरी तथा आलु लगायतका कृषिजन्य उत्पादन नष्ट भएको छ ।
यस्तै, तरकारी खेतीका लागि लगाइएका टनेल समेत असिनाले भत्काएको महाशाखाले जनाएको छ । असिनाले कुटेर पोखरा महानगर वडा नम्बर ११ का कृषक फलमान गुरुङको दुई वटा भैँसी समेत मरेको जनाइएको छ ।
तपाइँको प्रतिक्रीया