काठमाण्डौं : नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आगामी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएशनको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
चैतमा १९ हुने निर्वाचनबाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भए पछि १३ फागुन भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ भने सो प्रक्रिया आरम्भ भएको ५ दिन पछि १९ फागुनमा जाँचबुझ गरी २० फागुनमा अन्तिम नामावली प्रकाशन गर्ने गरी निर्वाचन तालिका प्रकाशन गरिएको छ ।
तपाइँको प्रतिक्रीया