२०८२ जेठ २१ मङ्गलबार

राशिफल

रुस र युक्रेनबीच संकट चुलियो

काठमाण्डौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा आफ्ना सेनालाई परिचालन गर्ने घोषणा गरेको छ ।

डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले ती क्षेत्रमा शान्ति स्थापनाका लागि सेनालाई परिचालन हुन समेत निर्देशन दिएको छ । यो आदेशसँगै रुस र युक्रेनबीचको सङ्कट चुलिएको छ। रुसको कदमले शान्ति स्थापना गर्ने प्रयास र अन्तर्राष्ट्रिय वार्ताको विद्यमान प्रक्रिया उल्लङ्घन गरेको युक्रेनले जनाएको छ ।

आज बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी गणराज्यको कदमले आफ्नो देशको अखण्डता र सम्प्रभुताको उल्लङ्घन भएको टिप्पणी  गरेको बीबीसीले जनाएको छ ।