काठमाडौं : मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । यस सम्बन्धी विस्तृत अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले बताए ।
तपाइँको प्रतिक्रीया