काठमाडौं : सुनसरीको धरान ४ मा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।
शव झापाको दमक नगरपालिका ५ का दिनेश सिग्देलको भएको खुलेको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।
प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमती कहाँ गएको प्रहरीले । त्यसैले पारिवारिक विवादका कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीले अनुसन्धानका लागि केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
गएको साता धरान भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र टाउको र त्यसको भोलिपल्ट त्यही ठाउँमा शरीर भेटिएको थियो ।
तपाइँको प्रतिक्रीया