२०८२ असार ५ बिहीबार

राशिफल

प्रदेश १ को नाम पहिचानसहितको हुनुपर्ने जसपाको माग

काठमाण्डौं : जनता समाजवादी पार्टी जसपाले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न माग गरेको छ । जसपा प्रदेश १ समितिका अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति प्रकाशित गर्दै नामकरण पहिचानको आधारमा हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले आज बस्ने सर्वदलीय बैठकमा आफ्नो तर्फबाट ‘किरात–लिम्बुवान–र–शेपालुङ प्रदेश’ को प्रस्ताव राख्ने बताएका छन् ।

‘प्रदेश १ को नामकरण पहिचानको आधारमा नै हुनु पर्दछ भन्नेमा जनता समाजवादी पार्टी, नेपाल प्रदेश समिति प्रदेश नम्बर १ सदा स्पष्ट र प्रतिवद्ध छ ।

मिति २०७७ असोज २३–२४ गते दमकमा सम्पन्न प्रदेश पदाधिकारी बैठकले यस प्रदेशको नामकरण ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव गर्ने निर्णय गरेको स्मरण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ,

‘अतः मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ लाई ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामकरण गर्नु पर्दछ भन्ने जसपाको प्रस्तावलाई समर्थन गरिदिन हार्दिक अपील गर्दछौं ।’