२०८२ असार २ सोमबार

राशिफल

काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत

काठमाण्डौं : काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् ।स्थानीय खोलामा उदयपुरको ताप्ली गाउँपालिका स्थानीय घर भएका अनिश राउतको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले  बताए ।

शव भेटिएलगत्तै महानगरीय प्रहरी परिसर, टेकु र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा पुगेको थियो ।

मृतकका बुबा दिलकुमार राउतले बताएअनुसार अनिश सोमबार अपराह्न ४ बजे घरबाट निस्किएका थिए । ‘राति ९ बजेतिर श्रीमतीले फोन गरेकी थिइन्, कुरा पनि भएको थियो’ उनले बताए, ‘बिहान ८ बजे प्रहरीले यस्तो खबर सुनायो ।’

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकले लागुऔषध सेवन गरेको देखिएको छ । लागुऔषधको मात्रा धेरै देखिएको प्रहरी बताउँछ ।

‘शरीरमा शंकास्पद चोटपटक त देखिएन तर अन्य केही कारण छ कि भनेर अनुसन्धान गरिरहेका छौं’ महानगरीय अपराध अनुसन्धान महाशाखा बानेश्वरका एसएसपी वसन्तबहादुर कुँवरले भने, ‘उनीसँगै बसेका एक जना साथीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं ।’