काठमाडौं : आइसीसी टी २० विश्वकप छनोटको निर्णायक खेलमा नेपाल र यूएईबीच खेल हुँदैछ ।
ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ ।
नेपाली टोलीमा एक परिवर्तन गरि कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् ।
विश्वकप छनोट ग्लोवल क्वालिफायर ए अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले २०२२ को अक्टोबर नोभेम्बरमा हुने टी २० विश्वकप खेल्न पाउनेछ ।
तपाइँको प्रतिक्रीया