काठमाडौं : मकवानपुरमा छुट्टाछुट्टै स्थानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बस्तिपुरबाट नेवारपानी तर्फजाँदै बागमती प्रदेश ०३००५ प १५०३ नम्बरको मोटरसाइकल ना ५ त ७३३८ नम्बरको ट्रयाक्टरसँग ठोक्किंदा चालक स्थानीय १७ वर्षीय सुदिप तितुङको ज्यान गएको हो ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको हेटौंड मनहरी सडकखण्डको हेटौंडा उपमहानगरपालिका १९ दारिमटारमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, हेटौंडाकै फाखेल काठमाडौं सडकखण्डको इन्द्रसरोवर गाउँपालिका २ मा पनि मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
काठमाडौंबाट आउँदै गरेको बा ५७ प ८५७० नम्बरको मोटरसाइकल इन्द्रसरोवर २ मा दुर्घटना हुँदा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल सडकबाट करिव ४०० मिटर तल खसेको जनाएको छ ।
तपाइँको प्रतिक्रीया