२०८२ असार २ सोमबार

राशिफल

भक्तपुरमा १ जना चिनियाँ नागरिक सहित ८० जना पक्राउ

काठमाडौं  : भक्तपुरबाट एक जना चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४७ जना महिला र ३३ जना पुरुष रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी राजु पाण्डेले जानकारी दिए ।

एक चिनियाँ नागरिकले अवैध रूपमा कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई समेत प्रयोग गरेर अवैध क्रियाकलाप सञ्चालन गरिरहेको सूचनाका आधारमा सानो ठिमीको एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको पाण्डेले बताए ।

कल सेन्टरमार्फत भारतीय मूलका युवायुवतीलाई ऋण लगानी गर्ने र समयभित्र उठाउन कल सेन्टरमार्फत धम्क्याउने गरेको पाइएको उनले बताए ।