काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ नुवाकोटको कार्यवाहक सभापतिको जिम्मेवारी राजु अधिकारीले पाप्त गरेका छन् ।
केही दिन अघि कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले म्याद सकिएका भातृ संगठनको वर्तमान कार्यसमिति भंग गर्दै तदर्थ समिति बनाएर महाधिवेशनमा लैजाने निर्णय गरेको थियो ।
नेविसंघ नुवाकोटका निवर्तमान अध्यक्ष उत्तम पाठक कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको सहसचिवमा निर्वाचित भएसँगै नेविसंघ विधानअनुसार स्वत पदमुक्त भएका थिए ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाएका अधिकारीले आगामी निर्वाचनका लागि पार्टीलाई जिताउन नेविसंघ सक्रिए हुने बताएका छन् । उनले नेविसंघलाई साझा संगठन र विद्यार्थीमैत्री संगठन बनाएर लैजाने बताएका छन् ।
तपाइँको प्रतिक्रीया