२०८२ जेठ २२ बुधबार

राशिफल

२४ घण्टामा ४ सय ७६ जनामा कोरोना पुष्टि

काठमाण्डौ : पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा कोभिड –१९ कोरोना भाइरस को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडिटी गरी नौ हजार चार सय २४ जनाको नमुना परीक्षण गरिएकोमा चार सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गएका छन् । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय २८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय ३१ जना सङ्क्रमणमुक्त भएको छन् । अब नेपालमा १० हजार सात सय ४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

थप एक लाख सात हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै नेपालमा तीन करोड ७१ लाख २१ हजार एक सय ९६ मात्रा खोपको प्रयोग भएको छ ।