२०८२ असार २ सोमबार

राशिफल

शरीर बन्धक प्रकरणमा ५ जना पक्राउ

काठमाण्डौं :  दाङको तुलसीपुरमा अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर ३ बस्ने निशान शाही ठकुरी, त्यही वडाको गहते बस्ने सुमित भण्डारी,वडा नम्वर ९ का प्रेम डाँगी, त्यहीँ ठाउँका दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न भनिएका तुलसीपुर ८ नयाँबस्तीका २० वर्षीय विशाल सुनार भने फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनीहरुमाथि सोमवार बेलुका तुलसीपुर ३ दमारगाउँको जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ घर भई अहिले तुलसीपुर ९ बेलुवामा कोठाभाडा लिएर बस्दै आएका १९ वर्षीय ललित वली र रमन डाँगीलाई कुटपिट तथा अपहरण गरेको आरोप छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।