काठमाडौं : अमेरिकाले आफूहरुलाई थप हातहतियार दिने वाचा गरेको युक्रेनले जनाएको छ । तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना युक्रेनमा परिचालित नहोस् भन्ने चाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले बताएका छन ।
अमेरिकाले युक्रेनलाई रक्षासम्बन्धी सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । साथै रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ । रुसले क्राइमिया गाभ्दा पनि अमेरिकाले यसरी नै प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो प्रतिबन्ध त्यो भन्दा कडा रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन ।
अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेको दुई ठूला रुसी बैंकको व्यापारमा रोक लगाउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक पनि रद्द गरेको बीबीसीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया