काठमाण्डौ : गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन ।
प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता अनुमोदनमा सहमति जुटाउन गृहमन्त्री खाणले प्रचण्ड र ओलीलाई बिहान उनीहरुकै निवासमा पुगेर भेट गरेका थिए । दुवै भेटमा गृहमन्त्रीले एमसीसी पारित गर्नको लागि सहयोग गर्न आग्रह गरेका थिए । भेटमा ओली र प्रचण्डले पुरानै अडान कायम राखेका छन ।
ओलीले एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म एमालेले कुनै पनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने जवाफ दिएको छ । हिजो बेलुकी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलमा पनि ओलीले यही अडान राखेका थिए । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएको छ ।
तपाइँको प्रतिक्रीया