२०८२ जेठ ३१ शुक्रबार

राशिफल

एमसीसीमा बहुमत जुटाउन प्रधानमन्त्रीको विशेष दौडधुप

काठमाण्डौ  : प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौतामा बहुमत जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले दौडधुप तीव्र पारेका छन । उनले सत्ता साझेदार दलहरुसँगै प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमतिमा ल्याउने पहल गरिएको जनाएको छ ।

प्रधानमन्त्री देउवाले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको थियो । बुधबार बिहानैदेखि सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग परामर्श थालेका हुन । भोलि बिहीबार दिउँसो १ बजे संसद बैठक बस्ने भएकाले त्यसअघि नै सहमति खोज्ने प्रधानमन्त्री देउवाले प्रयास गरिरहेका छन भने दलहरुको अडान फेरिएको छैन ।

सत्तारूढ नेपाली कांग्रेस पहिलेदेखि नै एमसीसी संसदबाट पारित गर्ने पक्षमा सहमत हुँदै आएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी पारित गर्ने विषयमा कुनै प्रतिबद्धता जनाएको छैन । आफैले सरकारको नेतृत्व गर्दा दर्ता गरिएको प्रस्ताव पारित गर्नमा सहयोग गर्न देउवाले आग्रह गर्दे आएको छ । तर एमालेले आफूहरुको माग पूरा नभएकाले संसदमा बिरोध कायमै रहेको र यस्तो अवस्थामा सहयोग गर्न नसक्ने अडान दोहोर्याएको छ ।

विहिवारको वैठकमा के होला :

आइतबार एमसीसी सम्झौता टेबल भएपछि प्रतिनिधिसभाको बैठक भोलि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । भोलिको बैठकको कार्यसूची सार्वजनिक भैसकेको छैन । संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । बैठकले एमसीसी सम्झौता अनुमोदन प्रक्रिया तय गर्नेछ ।

संसद बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने तयारी छ । सैद्धान्तिक छलफलमा सांसदहरूले एमसीसीको पक्ष र विपक्षमा आआफ्नो धारणा राख्नेछन् । छलफलमा उठेका प्रश्नहरूको मन्त्रीले जवाफ दिएपछि एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा जानेछ ।

हाल संसदमा कायम रहेका २ सय ७१ सांसदमध्ये नेकपा एमालेका ९७, नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ४८, नेकपा एकीकृत समाजवादीका २४, जनता समाजवादी पार्टीका २१, लोकतान्त्रिक समाजवादी पार्टीका १२ सांसद छन् । त्यस्तै, नेमकिपा, राप्रपा र राष्ट्रिय जनमोर्चाका एकरएक र एक जना स्वतन्त्र सांसद छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले बैठक बहिष्कार गरेको तथा एमालेको नाराबाजी चालू रहेको अवस्थामा सभामुखले निर्णयार्थ पेस गरेर ध्वनि मतबाट पारित भएको घोषणा हुन सक्छ ।
सत्ता गठबन्धनमा रहेका माओवादीका, एकीकृत समाजवादी, जनमोर्चासँगै नेमकिपा, राप्रपा अहिलेसम्म एमसीसीको विपक्षमा छन् । १२ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सम्झौताको पक्षमा मत दिएमा कांग्रेसको ६१ सहित प्रस्तावको पक्षमा ७३ मत पुग्नेछ ।