काठमाण्डौ : पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेलको समय सार्वजनिक गरिएको छ । आज सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र दिल्ली फुटबल क्लब भिड्ने भएका छन् ।
सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीको आयोजनामा प्रतियोगिता आउँदो फागुन १९ देखि २८ गतेसम्म हुँदैछ ।
आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीका अनुसार प्रतियोगितामा मनाङ र दिल्लीसहित हिमालयन शेर्पा क्लब, नव जन जागृति युवा क्लब सिमरा, आयोजक सुदूरपश्चिम ११ धनगढी, क्यामरुनको अवेनिरी फुटबल क्लब, फ्रेन्ड्स क्लब काठमाण्डौ, वाग्मती युथ क्लब, न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
तपाइँको प्रतिक्रीया