काठमाडौं : अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा विष्फोट हुँदा ६० जनाको मृत्यु भएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा रहेको अस्थायी सुन खानीमा विष्फोट भएको बीबीसीले जनाएको छ ।
सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो । घटनामा कयौँ घाइते भएका छन् ।
घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको बुझिएको छ । घटनाबारे छानबिन थालिएको र शंकास्पद एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया