२०८२ असार २ सोमबार

राशिफल

अवैध मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं : प्रहरीले अवैध रुपमा विदेश लैजान लागेको विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा ४५ वर्षीय भारतीय नागरिक शतिश परसोत्तम सजनानी रहेको खुलेको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।

प्रहरीले उनको झोलाबाट अमेरिकी डलर २० हजार १५०, नेपाली रुपैयाँ ३१ हजार ६००, इंगल्याण्ड पाउण्ड ५, जर्जिया लरी ५०, भारतीय रुपैयाँ १००, यूइई दिराम १ हजार ३५५लगायतका मुद्रा बरामद गरेको छ । घटनाबारे थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।