२०८२ जेठ ३१ शुक्रबार

राशिफल

क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको छ : प्रचण्ड

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको दाबी गरेका छन् ।
आज बुधवार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्टाउन भरमग्दुर कोसिस गर्ने गरेको र अहिले नेपालमा पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको उल्लेख गरेका छन् ।

क्रान्ति विरोधीहरूले कैयौँ षड्यन्त्र रचेको र भ्रम छरिरहेको तर आफूहरूले सबै प्रपञ्चको जालो चिरेर विजयी हुने प्रचण्डको जिकिर छ ।

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच सङ्घर्ष चलिरहेको छ । उनीहरूले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् ।