काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएको छ ।
बुधवार नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताएको हो ।
राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको उनले बताए । अध्यक्ष दाहालले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने चाहिँ सत्य नभएको पुष्टि गरेको छ ।
तपाइँको प्रतिक्रीया