काठमाण्डौ : निक्षेपकर्ताको ६ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा काठमाण्डौ स्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका २ जना सञ्चालक पक्राउ परेका छन् ।
पुरानो बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा निक्षेपकर्ताले जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सञ्चालक समितिका अध्यक्ष काठमाण्डौका सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्राउ गरिएको जनाएको छ ।
उनीहरूले निक्षेपकर्ताको बचत रकम झिकेर आफैँ चलाएका थिए । निक्षेपकर्ताले रकम माग्दा उनीहरूले सहकारीमै ताला लगाएर भागेको समेत बुझिएको छ ।
तपाइँको प्रतिक्रीया