२०८२ असार ५ बिहीबार

राशिफल

बिहिवार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन

काठमाण्डौ :  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले फागुन १२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन दिइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिए ।

गएको आइतवारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्बन्धी प्रस्तावमाथि भोलिदेखि सैद्धान्तिक छलफल सुरु हुँदैछ ।

एमसिसी सम्झौता अनुसार यही फागुन १६ गतेसम्म यो प्रस्ताव संसदबाट अनुमोदन गरिसक्नुपर्नेछ । ठूला राजनीतिक दलमध्ये अहिलेसम्म कांग्रेस मात्र स्पष्ट रूपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ ।