सुनिल खतिवडा/ खोटाङ : जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको अर्खोलेदेखि रावाबेंसी गाउँपालिका ३ तिर्पा हुँदै दुधकोशी नदी जोड्ने सडक स्तरोन्नती गरिएको छ ।
उक्त सडक-खण्ड विगत २ वर्ष अगाडी नै ट्रयाक ओपन गरिएको भएपनि वर्षातको कारण अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सामान ढुवानी तथा आवतजावतसँगै बिरामी पर्दा समेत अस्पतालसम्म पुग्न समस्या हुने गरेको थियो ।
तर गत हप्ता सुमन खत्रीको अध्यक्षतामा उपभोक्ता समिती गठन गरी सडक स्तरोन्नती गरिएसँगै सहजता भएको बताइएको छ । सडक मर्मत, संभारका लागि रावावेंसी गाउँपालिकाले १ लाख रुपैयाँ बजेट बिनियोजन गरेपछि काम अगाडी बढेको हो ।
तपाइँको प्रतिक्रीया