२०८२ जेठ २२ बुधबार

राशिफल

२४ घण्टामा ३ सय १२ जनामा कोरोना पुष्टि

काठमाण्डौ :  पछिल्लो २४ घण्टामा देशभर ३ सय १२ जनामा कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट आठ हजार ६ सय ९३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको तीन दशमलव ५८ प्रतिशतमा सङ्क्रमण पुष्टि हो ।

त्यस्तै २४ घण्टायता नौ सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप दुई जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ ।

नेपालमा अहिले १० हजार ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।