२०८२ असार २ सोमबार

राशिफल

पल शाहविरुद्ध बलात्कारको आरोपमा मुद्धा दर्ता

काठमाण्डौ :  अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।

जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ ।

‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ, बाहिर धेरै हल्ला गर्दा मुद्दा प्रभावित हुने भएकाले यो विषयलाई धेरै प्रचार प्रसार नगरिदिए राम्रो हुने ’, एक प्रहरी अधिकृतको भनाई छ ।