काठमाण्डौ : प्रतिनिधि सभाको भोलिको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीबारे छलफल हुने भएको छ ।
संसदमा गएको आइतवार टेबल भएको एमसीसीमाथि भोलि छलफल हुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । ‘माननीय अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिने, सम्भावित कार्यसूचीमा भनिएको छ ।
यस्तै भोलिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसद् बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
तपाइँको प्रतिक्रीया