२०८२ असार ५ बिहीबार

राशिफल

फागुन १६ भित्र एमसीसी पास गर्न अमेरिकी दबाब, कांग्रेस नेताहरुमा दौडधुप, अब के हुन्छ ?

काठमाडौं : बिहीबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीमाथि सामान्य सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची छ ।

संघीय संसद सचिवालयका अनुसार सामान्य छलफलले कति समय लिन्छ भन्ने यकिन हुँदैन ।

किनभने यो विषयमा कति जना सांसदले बोल्छन् भन्ने विषयले छलफलको समय निर्धारण गर्छ । पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामुखहरु, बहालवाला प्रधानमन्त्री, विपक्षी दलको नेता र परिस्थिति अनुसार राष्ट्रिय दलको मान्यता पाएका दलका संसदीय दलको नेतालाई बोल्न दिँदा समय तोक्ने प्रचलन छैन । अन्य सांसदका लागि भने सभामुखले समय तोक्ने गरेका छन्

तर, यही फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गरिसक्नुपर्ने अमेरिकी दबाब छ । फागुन १६ सम्मको चार दिनमध्ये एक दिन शनिबार परेकाले संसदीय प्रक्रियाका लागि जम्मा तीन दिनको समय बाँकी छ ।

यस बीचमा एमसीसीमाथि सामान्य छलफल, विस्तृत दफावार छलफल सकेर निर्णय गर्नुपर्ने दबाब भएकाले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु दौडधुपमा छन् । नेपालका लागि अमेरिकी राजदूतले पनि प्रमुख दलका शीर्ष नेताहरुसँग भेटभाट गरिरहेका छन् ।