२०८२ जेठ ३२ शनिवार

राशिफल

जसरी पनि प्रदेश एकको नाम सगरमाथा राख्नुपर्छ : सांसद राजभण्डारी

काठमाण्डौं : नेकपा एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक तथा प्रदेशसभा ‘ख’ का सांसद बुद्धीकुमार राजभण्डारीले प्रदेश एकको नाम सगरमाथा राख्न माग गरेका छन् ।

राजभण्डारीले खुम्बुमा आयोजित एक कार्यक्रममा बोल्दै प्रदेशको नाम जातीय रुपमा किराँत प्रदेश नराखेर सगरमाथा नामांकन गरिनुपर्ने जोड दिएका छन् ।

प्रदेश एकको नाम विश्वको सर्वोच्च शिखरको रुपमा परिचित सगरमाथा राखिएमा मात्र सबै जातजाति, भाषाभाषीहरुलाई समेटिने उनले बताए ।