२०८२ जेठ २२ बुधबार

राशिफल

अंशु बर्माको ‘सकेको गुन तिरौँला’ बजारमा (भिडियोसहित)

काठमाण्डौं : सामाजिक सञ्जाल टिकटकबाट मनग्य चर्चा कमाएका भीमदत्त नगरपालिकाका अंशु बर्माको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । बुधबार टिकटककर्मी बर्माको ‘सकेको गुन तिरौँला’ गितको भिडियो सार्वजनिक भएको हो ।

बर्माले मोडिलिङ गरेको उक्त म्युजिक भिडियोमा सुस्मीता पन्त –एक्टरको भुमीकामा देखिएकी छिन् । गायक टेक बिसी र गायिका एलिना चौहानको स्वर रहेको उक्त म्युजिक भिडियोको निर्देशन सतिश सेनाले गरेका हुन ।

त्यस्तै गितको लेखन भिम बिसि तथा कल्पनाकार भने दिपशिखा बर्माले गरेका हुन् । महेन्द्रनगरको विभिन्न स्थानमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो बर्माको आफ्नै अंशु बर्मा युटुब च्यानलबाट रिलिज गरिएको हो ।

टिकटक र कलाकारितासँगै बर्मा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् महेन्द्रनगरमा आयोजिक पत्रकार सम्भेलनमा बर्माले टिकटकमार्फत गरेको आम्दानीबाट गरेको सामाजिक कार्यबारे पनि जानकारी दिईएको थियो ।

बर्मा र उनको टिमले कञ्चनपुर मात्रै नभई कैलाली पुगेर पनि विभिन्न महिला, वृद्ध तथा अनाथ बालबालिका सेवा केन्द्रलाई सहयोग गदैँ आईरहेको छ । महाकाली नदीमा बेमौसमी वर्षाका कारण आएको बाढीबाट प्रभावित भएकोलाई बर्माले तत्काल खाद्यान्न सहयोग गरेका थिए ।