काठमाडौँ : एउटी नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार भएका छन् ।
जाहेरी दर्ता भएलगत्तै प्रहरीले पक्राउ गर्न खोजे पनि मोबाइल अफ गरेर उनी फरार भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसोसम्म भने उनी औपचारिक कार्यक्रममा सहभागी भएका थिए ।
उनलाई पक्राउ गर्न तनहुँ प्रहरीले हुलियासहित देशभर सर्कुलर गरेको छ ।
तपाइँको प्रतिक्रीया